नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वन तथा भू-संरक्षण विभाग
अन्तर्गतको नेपाल
अधिराज्यभरि रहेका कोशी,गण्डकी,कर्णाली र महाकाली गरि ४ वटा बृहत् जलाधार क्षेत्रमध्ये बृहत् जलाधार व्यवस्थापन केन्द्र,महाकाली पनि एक हो । यस बृहत् जलाधार व्यवस्थापन केन्द्र अन्तर्गत दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कन्चनपुर गरि जम्मा ९ जिल्लाहरु पर्दछन् । यस बृहत् जलाधार व्यवस्थापन केन्द्रको क्षेत्रफल २०१४०.४५ वर्ग कि.मी. रहेको छ ।२०७५ साल कार्तिक ४ गतेका दिन सुदुरपश्चिम प्रदेश, बैतडी, पाटनमा यस केन्द्रको स्थापना भै हालसम्म अनवरतरुपमा जलाधार व्यबस्थापन सम्बन्धि सेवाहरु
संचालन हूंदै आएका छन् ।
